इच्छाकामना : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरेका छन् । सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार मङ्गलबार विहान ७ : ३० बजे सडक पार गर्ने क्रममा ट्रकको ठक्करबाट पोथी रतुवा मृग मरेका हुन् । स्थानीय सञ्जय खनालका अुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट मृगहरु सडक पार गरि पानी खान त्रिशूली नदी तर्फ जाने गर्छन् ।
आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट रुतुवा मृग घाइते भएका थिए । उहाँका अनुसार यस बर्ष लेवाटार आसपास मात्र ३ वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने २ वटा घाइते भएका छन् । सडक स्तरोन्नती सगैँ कल्भर्टमा माटो थुपारेपछि बन्यजन्तुहरुलाई सडक पार गर्न जोखिम भएका छन् । खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई बन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा पनि सुनाई नभएको बताउनुभयो । सडक बन्यजन्तुमैत्री नहुदाँ बन्यजन्तुका लागि सडक मृत्यु मार्ग बनेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij