Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते

भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते

मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदीको वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो ।गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ ।घाइतेहरुको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij