Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

काठमाडौँ : यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् ।

सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ ।

दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij