Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसद्‌मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय

संसद्‌मा उठ्यो पोलमा करेन्ट लागेर मृत्यु भएको विषय

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij