Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड, दशजना विद्यार्थी नियन्त्रणमा

वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड, दशजना विद्यार्थी नियन्त्रणमा

जनकपुर: धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१, रमदैयास्थित सञ्चालित वन्डरल्यान्ड वाटर पार्कमा तोडफोड भएको छ ।कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष छुट सुविधा दिएकामा एकैपटक ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि पार्क प्रशासनले प्रवेश रोकेपछि विवाद भएको थियो । त्यही विषयलाई लिएर विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किएर विद्यार्थीले ढुङ्गामुढा गरेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा पाँचजना प्रहरी घाइते भएका छन् भने दश जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिनुभयो ।झडपका क्रममा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाबाट पार्कको मूल गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ ।

क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले वन्डरल्यान्ड वाटर पार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij