Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे

चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे

काठमाडौं  : चितवनको भरतपुरमा बुवाले दुई जना बालबालिकालाई धारिलो हतियार प्रहार गरेका छन्। भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लिला गिरीले धारिलो हतियार प्रहार गरेका हुन् ।धारिलो हतियार प्रहारबाट घाइते भएका सजन गिरीको अवस्था गम्भीर छ । छोरी प्रभा गिरीको पनि अवस्था गम्भीर रहेको चितवनका एसपी गोविन्द पुरीले रातोपाटीलाई बताए । घाइते बालक सजन गिरी उनको दाजुको छोरा हुन् । प्रभा चाहिँ लिलाकी आफ्नी छोरी हुन् ।

गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृतले  बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij