Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु

काठमाडौँ : कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।

पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो क्रस गर्ने क्रममा उनीहरूलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर विराट शर्मा पौडेलले बताए ।

उनले भने, ‘सडक क्रस गर्दा एक जना क्रस भइसकेको र अर्को यात्रुले तानेको अवस्थामा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’शुक्रबार बिहान पौने ६ बजेतिर यात्रुलाई ठक्कर दिने कार चालक रुपन्देहीको सैनामैना घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij