Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्र प्रहरी गुल्म अलौद्वारा ठुलो मात्रामा भन्सार छलीको सामान बरामद

सशस्त्र प्रहरी गुल्म अलौद्वारा ठुलो मात्रामा भन्सार छलीको सामान बरामद

वीरगन्ज : सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्र्याएको ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा किराना सामानसहित मोटरसाइकल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको बार्वा नाकाबाट ठुलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको हो ।

ना१५ प ३८९०नम्बरको मोटरसाइकलमा लोड गरि अवैध रुपले भित्र्याएको लत्ताकपडा र किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल पर्साले ट्याक्टरसहित मकै पनि बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बाहिनी, गुल्म अलौ र प्रसौनी बिओपीको संयुक्त टोलीले प्रसौनी नाकाबाट मकैसहित ट्याक्टर बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताए । सशस्त्र प्रहरीले करिब १३ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको मकैसहित ट्याक्टर बरामद गरेको हो ।पक्राउ परेका लत्ताकपडा, किराना, मकै, मोटरसाइकल र ट्याक्टर भन्सार कार्यालय वीरगन्जमा बुझाएको डिएसपी पुजारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij