काठमाडौँ : माइक्रो बस चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई बिहीबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपीलराज बोहराका अनुसार थापाले वैशाख २९ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस चोरी गरेका थिए ।माइक्रो बससहित धादिङबाट पक्राउ परेका उनीमाथि चोरीसम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij