काठमाडौँ : भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोइराला छन् ।
आरोपीको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।कोइराला बुधवार बालकोटमा रहेको प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन् । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij