Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

कञ्चनपुर : कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको थियो ।मृतकका परिवारका सदस्य र आफन्तहरूले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित राजमार्ग अवरुद्व गरेका हुन् ।

ठक्कर दिने बोलेरो जिप र जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ का २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले दुवै पक्षविच सहमति गराउने र सडक सुचारु गर्ने काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij