काठमाडौं : ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक सहायक हवल्दार कुटिएका छन् ।काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।
‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुल्ला,’ एसएसपी घिमिरेले भने । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले बताए ।
भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
[video width="720" height="720" mp4="https://saurahaonline.com/media-file/images/2025/05/AQOIRK9wtUsOK2tSIdPgnaJX7EqkZuNlR-BWZjQfZ1cFAW5Jeh1jnivdFefPuN95UGQTNKmRHxgveZlPuSOWz5-j.mp4"][/video]
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij