Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोरखाको शान्तिसुरक्षा र अमनचयन राख्न कुनै कसुर बाँकी राख्निदन : एसपी भरत बिक

गोरखाको शान्तिसुरक्षा र अमनचयन राख्न कुनै कसुर बाँकी राख्निदन : एसपी भरत बिक

काठमाडौं : जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकले जिल्लाको शान्ति सुरक्षा र अमनचयन राख्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।भर्खरै जिप्रका गोरखाको जिम्मेवारी सम्हालेका उनले मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कानून कार्यान्वयन गर्ने कुरामा कसैसँग सम्झौता नहुने दाबी गरे ।

‘जनतालाई भर अपराधीलाई डर हुने ढङ्गबाट हामी काम गर्छौं,’ उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै पनि कसुर बाँकी राख्ने छैनौं, त्यसमा कसैसँग पनि मोलाहिजा हुँदैन ।’अहिलेसम्म एउटा इमान्दार प्रहरी अफिसरको रुपमा आफूलाई स्थापित गराउन सफल भएको भन्दै उनले संगठनको भरोसा र जनताको बिश्वासलाई गुम्न नदिने बताए ।

छिट्टै सुरक्षा रणनीति बनाएर काम सुरु गर्ने उनको योजना छ । ‘म जिल्लामा हाजिर भएको भर्खरै हो, अहिले सबै क्षेत्र पक्षसँग यहाँको बारेमा बुझ्दैछु,’ उनले भने, ‘पहिलो निरीक्षण नै मैले यहाँ अर्कै अपरेसन स्टाइलले गर्दैछु ।’

ठूलो जिल्ला भौगोलिक रुपमा पनि बिकट रहेकाले सबै कुरा बुझ्न अझ केही दिन लाग्ने उनले बताए । सोही अनुरुप जिल्लाका सरकारवालाहरुसँग छलफल एवं अन्तरक्रिर्या गरी सुझाव संकलन गरिरहेको उनले जानकारी दिए ।

जिल्लामा हुन सक्ने अपराध नियन्त्रण, दोषीलाई कारवाही, कानून कार्यान्वयन र सचेतनाका कार्यक्रमहरुलाई एक साथ लैजाने उनको योजना छ । जसअनुसार कुनै अपराधी गतिविधिमा लागेका व्यक्तिहरुलाई नछोड्ने उनले बताए ।‘अपराध गर्ने व्यक्ति कुनै पनि कसरमा कानूनी कठघरा भन्दा बाहिर जाँदैन,’ उनले भने, ‘निर्दोष व्यक्ति कोही पर्दैन, दोषी उम्कन पाउँदैन् ।’

जिल्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुनु, प्रहरीका लागि आवश्यक साधनस्रोत पर्याप्त नहुनु, भौगोलिक बिकटता, अपराधका नयाँ स्वरुपलगायतका चुनौतीहरु जिल्ला सामु रहेको प्रहरीले ठहर गरेको छ ।

सोही अनुरुप सरोकारावाला निकायसँग समन्वय गरेर प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रयास गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, दरबन्दी अनुसारका प्रहरी जनशक्ति माग गर्ने लगायत काम पनि गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij