Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौँ मखन गल्लीमा ग्याँस लिक भई भिषणआगलागी

काठमाडौँ मखन गल्लीमा ग्याँस लिक भई भिषणआगलागी

काठमाडौं : काठमाडौँ महानगरपालिका वडा नं २४ मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको घरमा ग्याँस लिक भई आगलागी भएको छ।आगलागीका कारण छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत आगो सल्किएको हाे ।

मानविय क्षति नभए पनि घटनामा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी नायब उपरीक्षक (प्रनाउ) कृष्ण कुमार चन्दको कमाण्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रका दुई, नेपाल आर्मीको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक, र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा ६ वटा दमकल परिचालित छन्।हालसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij