Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चिर्पट प्रहार गरी श्रीमानको हत्या

चिर्पट प्रहार गरी श्रीमानको हत्या

दाङ : आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij