Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद

भक्तपुर : भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको भन्सार छलेका सामान बरामद भएको छ।आइतबार बिहान साढे १० बजे सूर्यविनायक नगरपालिका-८ जगातीस्थित चेकप्वाइन्टमा एउटा गाडीबाट ७२ लाख बराबरका भन्सार छलेका सामान बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

साँगाबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ७६० नम्बरको गाडीबाट प्रहरीले लत्ताकपडा, धाराका पार्टपूर्जा बरामद गरेको हो।चालक दोलखा कालिन्चोक गाँउपालिका वडा नं. २ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij