Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

काठमाडौं : जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘आज (आइतबार) बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij