Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपुर : कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij