गोरखा : गोरखा सदरमुकामको छेवेटारमा रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गएको छ ।ज्यान गुमाउने युवक बार पाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ, गैरी छापका २३ वर्षीय आयुष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार ४ः३० बजे गोरखा नगरपालिका–१० को छेवेटार बजार सँगै रहेको दरौदी नदीमा साथीहरू सँगै पौडी खेल्न गएका गुरुङलाई नदीले बगाएर बेपत्ता बनाएको थियो ।बेपत्ता भए लगत्तै सशस्त्र प्रहरीको गोताखोर टोलीले खोज बिन गर्दा साँझ ७ः३० बजे नदीमा डुबेको अवस्थामा शव फेला पारेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
गुरुङको शव रह भित्र बाट गोताखोरको टोलीले निकालेको हो । उनको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।शवको पोष्ट मार्ट म र कानुनी प्रक्रिया पुरा गरेर मात्र आफन्तको जिम्मा लगाउने पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij