Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । गएराति पौने १ बजेको समयमा नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्क दिएको हो ।

दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । धादिङको गजुरी घर भएका दर्तामानले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । टिप्पर चालक फरार छन् । टिप्पर चालकको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij