Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौँ : अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका(१५ बस्ने ३५ वर्षीय प्रवीण पोखरेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकै विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय अमृत बङ्गालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीलेउनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उता पर्साको वीरगन्ज महानगरपालिका–१६ शङ्कराचार्य गेटबाट अवैध लागुऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ बर्मेली टोलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१२ सरेणडाँगी बस्ने १९ वर्षीय भूमिराज राई र सोही नगरपालिका–१२ नयाँ बस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका छन् ।लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट गाँजा करिब १० किलोग्रामसहित सहिद भूमि गाउँपालिका–५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र–१–०२–००१ ज ४३२६नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij