Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल प्रहरीका डीएसपी केसीले सई कुटे, डोल्पा इञ्चार्जबाट ९ दिनमै तानिए प्रधान कार्यालय

नेपाल प्रहरीका डीएसपी केसीले सई कुटे, डोल्पा इञ्चार्जबाट ९ दिनमै तानिए प्रधान कार्यालय

काठमाडौं : प्रहरी प्रधान कार्यालयमा सब इन्स्पेक्टर (सई) कुटेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय डोल्पाको इञ्चार्जका रुपमा खटिएका प्रहरी नायव उपरिक्षक (डीएसपी) हेमबहादुर केसी तानिएका छन्। उनी प्रहरीका जुनियर अधिकारीमा पिएचडी गरेका डाक्टर हुन् । सई शैलेन्द्र कुमार रसाईलीमाथि हातपात गरेको आरोप लागेपछि उनलाई नक्साल तानिएको हो।

नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए। हाजिर भएको हप्ता दिनमै मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत सई रसाईलीलाई कुटपिट गरेको उजुरी परेपछि हेडक्वार्टर तानेर छानबिन सुरु गरिएको हो।

प्रधान कार्यालयको आदेशपछि डीएसपी केसी सार्वजनिक बस चढी काठमाडौं लागेका थिए। यसबीच घटनाको विषयमा छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डीएसपी नारायण डाँगीको टोली डोल्पा पुगेर छानबिन सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij