Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मानव बेचबिखन आरोपमा एक जना पक्राउ, प्रलोभन देखाएर दुई युवतीलाई लैजाँदै थिए भारत

मानव बेचबिखन आरोपमा एक जना पक्राउ, प्रलोभन देखाएर दुई युवतीलाई लैजाँदै थिए भारत

काठमाडौँ : मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ का २४ वर्षिय रोजन भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्याल पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएकाे हाे ।

प्रहरीका अनुसार भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भन्दै दुई जना युवतीहरुलाई प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै थिए । पक्राउ परेका उनीमाथि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij