Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij