Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

सिरहा : लहान बाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १५ बस्ने वर्ष २१ को सन्तोष यादव र नगरपालिका वडा नं. १६ बस्ने वर्ष २२ को जितेन्द्र यादव रहेका छन् ।

सिरहा लहान नगरपालिका वडा नं. १७ बलान खोला स्थित बलान खोलामा केही मानिसहरूले भारतबाट ०१-००४ प ५९८५ नम्बरको मोटरसाइकल र स ३ प १७२ नम्बरको मोटरसाइकल गरी जम्मा २ वटा मोटरसाइकलमा लागु औषध खरिद गरी बलान खोलाको बगर हुँदै लहान तर्फ आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान सिरहा र प्रहरी चौकी लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्ने क्रममा बलान खोलाको बगरमा टाउको तथा पिठ्युँमा लागू औषधको बोराको पोका बोकेको उनीहरूको साथबाट लुकाई छिपाई राखेको दुई वटा बोराको एउटा पोकामा ONEREX- १००ML लेखिएको ११३ बोतल र अर्को पोकामा ONEREX- १००ML लेखिएको ९० बोतल गरी जम्मा २०३ बोतल फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij