Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद

सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद

सर्लाही : सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग नक्कली नोट फेला परेको हो ।छन्कीटोला स्थित प्रहरी चौकीबाट खटिएको टोलीले साँझ भारत तर्फबाट आइरहेको BR 30 AE 8363 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो।

मोटरसाइकल चलाइरहेका व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह रहेको खुलेको छ ।चेकजाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै, नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि फेला परेको थियो ।

साहलाई नक्कली र सक्कली नोट तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस घटनाले सीमावर्ती क्षेत्रमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij