Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij