Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते

उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते

उदयपुर : उदयपुरगढी गाउँपालिका–६ मवासेमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलको बस ब्रेक फेल भएर दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।

नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij