Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बेहुली बिदाइ गर्न नमानेको विषयमा विवाद हुँदा हत्या गरेर फरार व्यक्ति पक्राउ

बेहुली बिदाइ गर्न नमानेको विषयमा विवाद हुँदा हत्या गरेर फरार व्यक्ति पक्राउ

काठमाडौं : विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ घर भएका ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पोखरिया–६ का ३३ वर्षीय धर्मेन्द्रप्रसाद चौहानको पोखरिया–५ कि निशा कुमारी चौहानसँग ४ वैशाख २०७६ मा विवाह भएको थियो ।विवाह सम्पन्न भएपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा केटा पक्ष र केटी पक्षबीच विवाद भएको थियो ।

यही रिसइबीलाई लिएर ९ वैशाख २०७९ को दिउँसो २ बजेतिर पोखरिया–४ उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्रांगणमा आपसमा झगडाको क्रममा बेहुलाका बुवा शंकर प्रसाद महचो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा ११ असार २०७९ मा काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो ।पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij