Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो

विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो

बुटवल : बुटवलको कालिका पथस्थित सडकको बिचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शङ्कर नगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर दुर्घटना भई मृत्यु भएको टन्डनको शव भने आज फेला परेको हो ।पोलमा ठोक्किएर मोटरसाइकल उछिटि्एटर झाडीमा पुगेको थियो । झाडीमा पुगेको टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij