काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ई रिक्सा चालक कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराउँदै गर्दा उपचारका क्रममा राती मृत्यु भएको हो ।म्याजिक भ्यानका चालक शाहीलाई नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij