काठमाडौं : प्रहरी देखेपछि भागेको कार दुर्घटना भएको छ । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोसी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई प्रहरीले चेक गर्न खोज्दा भागेको थियो ।को २ प १७३४ नम्बरको कार भागेपछी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।
चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।चेक गर्दा १२ वटा पोकामा ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij