डोटी : डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको ईभी माइक्रो दुर्घटना भएको हो ।सु .प. प्र ०२००१ ज.०५६७ नम्बरको इभी हाइस गए राति साढे ११ बजेको समयमा आफै अनियन्त्रित भई सडक बाट ५०-६० मिटर तल खस्दा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते हुनेमा जिल्ला बैतडी डिलासैनी गाउँपालिका- ४ का ४५ वर्षीय हर्क नेगी सोही ठाउँका २७ वर्षीय धीरेन्द्र नेगि ,४४ वर्षका जगदीश जोशी , ५३ वर्षका राम बहादुर नेगी, ६५ वर्षीय धना नेगि, २८ वर्षीय वीर बहादुर नेगी, र चालक २४ वर्षीय अशोक बम घाइते भएका प्रहरीले जनाएको छ ।घाइते मध्ये ६५ वर्षीय धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घाइतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको र थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij