बुटवल : पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् ।जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी बगनासकाली–५, दर्लमडाँडाको राम्दीमा डेरा गरी बस्दै आएकी थिइन् ।नदी किनारमा मृत अवस्थामा भेटिएकी माझीको जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij