सङ्खुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जीप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन् ।दिउँसो करिब २ बजे धर्मदेवी नगरपालिका-८ सुर्तीबारीमा प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित तीन जना गम्भीर घाइते भएका छन् ।
बोलेर जीप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ बर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० बर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ बर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
घाइते भएका तीनै जनाको उद्दार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर अरुण नदीमा खसेको थियो ।दुर्घटना भएको जीप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।अरुण नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij