Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा

घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा

काठमाडौँ : विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।

आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ । प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि आज सडक आन्दोलनमा उत्रिएका छन् । सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको थियो । घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाडौँ आउन अनुरोध गरेको थियो । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौँको आन्दोलनमा थपिएका छन् ।

महासङ्घले शिक्षक–कर्मचारीमाथि प्रहरीले गरेको आक्रमण र ज्यादतीको भर्त्सना गरेको छ । प्रहरी दमनपछि काठमाडौँ आउन बाँकी रहेका शिक्षकहरूलाई आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बसिरहेको भन्दै महासङ्घले काठमाडौँ आउन भनेको हो ।अन्तिम लडाइँमा रहेको बताउँदै यसका लागि सबैको सक्रिय सहभागिता अनिवार्य रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij