Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस

रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस

बारा : यात्रुवाहक बस रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सोमबार भएको दुर्घटनामा काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसमा सवार १९ जना यात्रु घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । घाइतेमध्ये सहकारी अस्पताल हेटौँडामा ९ जना र वयोधा अस्पताल वीरगन्जमा १० जनाको उपचार प्रहरीको भनाइ छ ।

बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकलाई यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भई बस सडक भन्दा ५ मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनाग्रस्त बस र बस चालक चितवन राप्ती नगरपालिका ३ का तिलक बहादुर थापा मगर इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij