Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

पाल्पा : पाल्पाको रैनादेवी छहरा-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।रैनादेवी छहरा१ सिद्धेश्वरमा राति १२ बजेतिर आगो निभाउन स्थानीयलाई बोकेको लु १ ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारे जंगलमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार सर्वोत्तम सिमेन्टको खानी नजिकै जीप दुई सय मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनीहरुलाई अस्पतालमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा घाइते भएका सरोज बुढा र चालक रन्जन रेस्मीलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij