भरतपुर : इच्छाकामना गाउँपालिकाबाट एक चोर (नाम गोप्य राखिएको)को सकुशल उद्धार गरिएको छ ।इच्छाकामना–३ स्थित फिस्लिङ बजारमा रहेको एक मोबाइल पसलको टिनको छाना उप्काइ चोरी गर्ने क्रममा एक सवारी चालकले देखेर भाग्नेक्रममा त्रिशूली नदीमा हाम फालेका एक युवकको सकुशल उद्धार गरिएको हो ।
आइतबार बिहान करिब ३ः०० बजेको समयमा मोबाइल पसल चोरी गर्नेक्रममा सवारी चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई देख्नासाथ भाग्नेक्रममा ती युवक त्रिशूली नदीमा हाम फालेका थिए ।
नदीमा ‘बचाउ बचाउ’ भन्ने आवाज सुनेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा उद्वार गरी सामान्य उपचारपश्चात प्रहरीलाई जिम्मा लगाइएको इच्छाकामनाका पत्रकार दानबहादुर गुरूङले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij