Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ललितपुरको रिह्‌याब सेन्टरमा पुरुषको मृत्यु

ललितपुरको रिह्‌याब सेन्टरमा पुरुषको मृत्यु

काठमाडौँ : ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङ छन् ।

विश्वास नेपाल रिह्‌याब सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको दावी गरिएको छ ।

चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले बताए । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका घिसिङका आफन्तले बाँडेगाउँ स्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घिसिङ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ नाम्गेल बस्दै आएका थिए । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij