Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?

माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य माया राई पक्राउ परेको सन्दर्भमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रियसभा सदस्यसमेत रहेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सांसद राई पक्राउ परेको जानकारी पार्टीलाई रहेको बताए । उनले पार्टी कानुनी राज्यमा सबैले कानुनको परिपालन गर्नुपर्छ भन्ने पक्षमा रहेकोले खराब काम गरेको भए कारबाही हुनुपर्ने र निर्दोष फस्न नहुने पक्षमा रहेको बताए ।

‘नेपाली कांग्रेस रुल अफ ल का पक्षमा वकालत गर्दै आइरहेको छ । हामी खराब काम गरेको भए जो सुकै भए पनि कानुनको दायरामा आउनुपर्छ,’ मुख्यसचिव पौडेलले  भने, ‘निर्दोष फस्न हुँदैन । अन्याय कसैलाई पर्न हुँदैन भन्ने पक्षमा छौँ । माया राईको सन्दर्भमा पनि पार्टीको धारणा त्यही हो ।’

आदिवासी जनजाती महिला कोटाबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित राई कांग्रेसभित्र संस्थापन निकट मानिन्छिन् । उनी भोजपुरकी स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij