Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा एक पुरुष मृत फेला

रौतहटमा एक पुरुष मृत फेला

रौतहट : रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । गौर नगरपालिका - १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यस लगतै प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकको बारेमा अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए । उनका अनुसार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो, तर उनको अन्य विवरण भने खुल्न सकेको छैन ।

उनी मागेर खाने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको उमेर करिब ३५ रहेको प्रहरीले जानकारी दिएको छ । फेला परेको बेवारिसे शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij