Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौं : कलंकीबाट थानकोटतर्फ जाँदै गरेको एक सार्वजनिक बसमा आगलागी भएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको हो ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij