Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो

पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो

बुटवल : भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ।

उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ।

शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो।

487530667_1302800624150967_4368067383042148092_n

न्यौपाने शनिबार आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए । त्यहाँ भएको आतंकवादी आक्रमणमा उनीसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।

न्यौपानेका बुवा शिक्षक हुन्। उनी स्थानीय बुटवल–१८ स्थित भवानी माविमा अध्यापन गराउने उनी शिक्षक आन्दोलनका लागि काठमाडौँ गएका थिए। छोराको मृत्युको खबरपछि उनी बुटवल आइसकेका छन्।

sudeep neupane

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij