Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते

कैलाली : काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय निशर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij