पाल्पा: अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ ।जिल्लाको रामपुर नगरपालिका-१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २-०३ ००१ च ३३५६ नम्बरको पिकअप गाडीलाई प्रहरीचौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा गोरुसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले गोरु ओसारपोसार गर्ने चालक मकवानपुर हेटौडा उपमहानगरपालिका- १७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उपमहानगरपालिका- २ का २२ वर्षीय महेश भोलानलाई नियन्त्रणमा लिइएको छ ।गाडी र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij