बुटवल : सशस्त्र प्रहरीको गोताखोरले दानव नदीमा बेपत्ता दुई बालकको शव निकालेको छ । सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ताभएकामध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेकोहो ।
सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरुको खोजिको लागिराती नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायबउपरीक्षक दिपक कोइराला र सुरक्षा वेश बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएकोगोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शब फेला पारेको हो ।बेपत्तामध्ये १४वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij