Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दानव र सप्तकोशी नदीमा डुबेर ५ जना बेपत्ता

दानव र सप्तकोशी नदीमा डुबेर ५ जना बेपत्ता

काठमाडौं : दानव र सप्तकोशी नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् ।रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक र सप्तकोशी नदीमा नुहाउने क्रममा २ जना गरी ५ जना बेपत्ता भएका हुन् ।लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् ।बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।यस्तै, सप्तकोशी नदीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका छन् ।

सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय भान्जा जेनिस आचार्य र ४० वर्षीय मामा नवराज बास्तोला कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij