Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रेडक्रस दाङका पूर्वअध्यक्षले आफैंमाथि गोली चलाए

रेडक्रस दाङका पूर्वअध्यक्षले आफैंमाथि गोली चलाए

काठमाडौं : दाङमा एक व्यक्तिले आफैंमाथि गोली चलाएका छन् ।तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएर उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij