Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं : चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंविरूद्ध नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार गरेपछि पक्राउ पुर्जी जारी भएको हो ।

‘प्रसाईं अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् । सिआईबीले उनलाई परिसरबाटै झिकाएर अनुसन्धान गर्ने तयारी गरेको सिआईबी स्रोत बताउँछ ।प्रसाईंले आफुले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न राष्ट्र बैंकले पत्राचार गरेको हो।

प्रसाईमाथि होटल, अस्पताललगाएत विभिन्न व्यवसायको नाममा अर्बौं ऋण लिएर दुरूपयोग गरेको आरोप लागेको हो।प्रसाईंलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन’ समितले चैत १४ गते ‘जनकमान्डर’ घोषणा गरेको थियो।

भोलिपल्टै उनले तीनकुने क्षेत्रमा प्रदर्शन राखेका थिए। प्रदर्शन हिंसात्मक भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।तर उनी भागेर भारत पुगेका थिए । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij